देखे सन्ततीले छलेको कहानी



निशान भट्टराईद्वारा स्वरबद्व गीत देखे सन्ततीले, छलेको कहानी सार्वजनिक गरिएको छ।

प्रीति नामक एल्बममा संगृहित गीतमा टीका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको संगीत संयोजन रहेको छ। छोराछोरीले वृद्धाश्रमसम्म कसरी पु¥याउँछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ। गीतको भिडियोमा बुहारीले वृद्धाश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ।

दिनेशराज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टीका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागार्इं, प्रतीक नेपाललगायतको अभिनय गरेका छन्। झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायांकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन रहेको छ। भिडियोलाई दर्शन प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्