छोरीको भविष्य अन्धकार बनाउने

पहिलो सिँढीछाउगोठ



टंक पन्त

अछामकीआयुषाशाही १३ वर्षको उमेरदेखि छुइ हुन थालेकी हुन् । अहिले उनी २३ वर्षकी भइन् । छुइ भएकोबेलाअहिलेसम्म पनि उनीछाउगोठमै बस्छिन् । उनकाछाउगोठहरु पाँचपटकसम्म भत्किए । तर मानिसहरुको छाउगोठ राख्ने सोच नभत्किएका कारण ब्याचलर पढ्ने हुंँदासम्म पनि उनी त्यो बाध्यतामा छिन् । पछिल्लो समय उनले घरमा निकै संघर्ष गरिन् र घर–परिवारलाई छाउगोठमा नबस्ने र सबैजनाबसेकै घरको एउटा कोठामा बस्ने गरी सहमति भएकोथियो तर गाउँ–समाजले अनेक कुरा काटेको कारण त्यो पनि असफल भयो ।

अहिले पनि पहिलोपटक मिन्स भएको सम्झँदा उनको शरीर नै जिरिङ्ग हुन्छ । पहिलोपटक छुई हुँदा उनलाई मरौँ कि बाँचौँजस्तै भएको थियो । कारण एउटै थियो, छुइ भएमा अँध्यारो गोठमा बसाल्छन् । खाना राम्रो दिँदैनन् र समयमै पनि दिँदैनन् भन्ने चिन्ताले सताएको थियो । नभन्दै आयुषालाई त्यस्तै सास्ती भोग्नुपरेको थियो । अहिले भने उनले घर–परिवारलाई सम्झाएको कारणशुरुको जस्तो सास्ती भोग्नुपरेको छैन । छाउगोठमै बस्नुपरेपनिसुरक्षित खालको र खाना पनि राम्रो व्यवस्था गरिने गरेको छ ।जसले गर्दा समाजमा अहिले आयुषा र उनको परिवार उदाहरण बनेको छ । आयुषाले गरेको संघर्ष बलियो हँुदै गएको छ । उनी स्वयं पनि छाउगोठ राख्ने सोचमै परिवर्तन गर्ने गरी लागेकी छिन् । यसले समाजलाई नयाँ बाटो दिनेछ र यो अभियानमा लाग्ने जति पनि अभियान्ता, संस्था छन् सबैकालागि सहयोगी बनेकी छिन् ।छुइ हुँदा सबै सँगै बस्यो भनेदेवी–देवता रिसाउनेजस्ता कुरा गरेरडर देखाउने गरिन्छ । तर तिनै आयुषा अछाम घरबाट बाहिर हुँदाछाउगोठमा बस्दिनन् । सफासुग्घर हुने रमहिलाहरुमा हुने स्वाभाविक प्रक्रियालाई सोही रुपमा लिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने खाँचो छ ।उनी भन्छिन्,‘शुरुमा त आमालेसात दिनसम्म गोठबाट आउन दिनुभएन । मलाई थाहा थियो, छुइ हुनु एउटा प्राकृतिक नियम हो । छुई भएमा सरसफाइ गर्नुपर्छ, पोषिला खानेकुरा खानुपर्छ तर मैले त्यो पाइन ।’

हाम्रो समाजले छुइ हुनुलाई अपराधसरह लिने गरेको उनको अनुभव छ । त्यसैले महिला छुइ भएका बेला बाध्य भएर गोठमा बस्ने गरेका छन् । मुगु सोरुगाउँपालिका वडा नं. ८ कच्चे गाउँकी गोरी रावल अहिले २१ वर्ष पुगिन् । उनी भन्छिन्, ‘म पनि पहिलोपटक छाउ हुँदा अँध्यारो गोठमै बसेँ । साह्रै डर लाग्थ्यो । कसलाई भनौँ, के गरौँ जस्तो हुन्थ्यो ।’छुई भएका बेला महिलालाई गरिने व्यवहार परिवर्तन नभएसम्म छाउगोठमुक्त वडा घोषणा गरेको औचित्य नहुने उनी बताउँछिन् ।सोरुगाउँपालिका वडा नं. ८ लाई छाउगोठमुक्त घोषणा भइसकेको छ ।यो सकारात्मक पक्ष हो । तर व्यक्तिको व्यवहारमा परिवर्तन हुन नसके छाउगोठमुक्त घोषणा गरेर मात्र हुँदैन । वास्तवमा वडालाई छाउगोठमुक्त घोषणा गरेपनिव्यवहारमा परिवर्तन हुनुपर्छ । तब मात्रै यसको अर्थ हुन्छ ।
अछाम,मुगु जिल्लाका धेरै वडा छाउगोठमुक्त वडा घोषणा भएका छन् । तर ती वडाको अवस्था पुरानै छ । सोचमा परिवर्तन भएको छैन । कतिपयलेछाउगोठमुक्त वडा घोषणा गरेर आफ्नो सोचसँगै व्यवहारमा परिवर्तन गरेको भए पनि धामीझाँक्रीहरु र पुरातनवादी सोच भएकाको घरमा अहिले पनि अवस्था उस्तै छ ।जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठमुक्त अभियान चलिरहेको भएपनि अझै पनिछाउगोठ बाँकी नै छन्।
भौगोलिक विकटता भएकाकर्णालीका पहाडी जिल्लामा यो समस्या बढी छ ।

शिक्षा, स्वास्थ्य, चेतना र आर्थिक संकट पनि सो क्षेत्रमा त्यत्तिकै छ। छाउपडी प्रथा, बालविवाह, छोरा र छोरीबीचको विभेद, जातीय छुवाछूतजस्ता सामाजिक विकृतिबाट माथिउठ्न अझै केही समय लाग्ने देखिन्छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट मिलेर बनेको साबिकको कर्णालीमा महिनावारी र सुत्केरी भएको बेला महिला तथा किशोरीहरुलाई छिःछिः र दुरदुर गर्नेजस्ता प्रवृत्तिको जरो उखेल्न निकै मेहनत गर्नुपर्नेछ ।महिला र किशोरीहरुमाहुने प्राकृतिक एवं स्वाभाविक प्रक्रियालाई अछुतकोरुपमा लिएर ७ दिनसम्म छाउगोठमा राख्नु भनेको समाजलाई अगाडि बढ्न नदिन खोज्नु हो । त्यो बेलाघर–परिवारले पिउने पानी छुन पनि नपाइने कस्तो चलन हो ? यो पनि एक किसिमको महिला हिंसा हो । सन्तान जन्मिएको ११ दिनसम्म सुत्केरी र नवजात शिशु छाउगोठ तथा गाईगोरु बाँध्ने गोठमै बस्नुपर्ने बाध्यता छ । त्यो अर्को चरम असह्य व्यवहार हो ।कर्णालीमा महिनावारीलाई छाउ हुनु, परसर्नु, पाखा सर्नु, छुइ हुनु, फूलफुल्नु पनि भनिन्छ । महिनावारी हुँदामहिलाहरुले घरभित्र पस्न नपाउने, दूध, दही, घीउ खाननदिने, घाँस, दाउरा, मेलापात र भारी बोक्ने काममा बढी जोतिनुपर्ने बाध्यता छ । महिनावारीको समयमा असुरक्षितरुपमा घरबाहिर छाउगोठमा बस्दा व्यभिचारी पुरुषहरुले जिस्क्याउने र कतिपय दिदीबहिनीहरु त बलात्कारको सिकार बन्नुपरेको अवस्था अहिले पनि रहेको छ ।

गोठमा बस्दा बिरामी पर्ने, सर्प–बिच्छीले टोक्नेदेखि जंगली जनावरको आक्रमणको डर हुने गर्छ । अझै वर्षाको समयमा त गोठ नै भत्केर कुन बेला च्याप्ने भन्ने भय पनि हुन्छ । राति पानी परेको दिन रातभरि जाग्राम नै बस्ने हो । आयुषा भन्छिन्, ‘बत्ती पनि नहुने, हावा–पानीनिकै आउँदाका दिन त आजै जीवन जाने भयो भन्नेहुन्छ । त्यो अहिले पनि कैयौँ महिलालाई हुने गरेको छ ।’आयुषाको जस्तो कष्टकर जीवन बिताउने कर्णाली क्षेत्रमा धेरै महिला छन् भने अन्य जिल्लामा पनि यो अवस्था रहेको छ । राजधानीमा बस्ने र निर्णायक तहमा रहने व्यक्तिहरुमा पनि छाउगोठे सोच रहने गरेको छ । राज्यद्वारा बनेको ऐन, नियम र निर्देशिका व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।छुइ हुनु स्वाभाविक प्रक्रिया हो भनेर थाहा नपाएका निरक्षर महिला छाउगोठमा बस्नु त नौलो कुरा लाग्दैनतर महिनावारी प्रक्रियाबारे थाहा पाएका स्वास्थ्यकर्मी र शिक्षिका पनि छाउगोठमा बस्ने गरेका छन्।छुइभएको बेला अधिकांश किशोरीहरु विद्यालय पनि जाँदैनन् ।हुन त कैयौँ विद्यालयमाछात्रा–मैत्री शौचालय छैनन् । प्याडको व्यवस्था हुँदैनर भइहाले पनि प्याड लगाउने, फेर्ने तथा व्यवस्थापन गर्ने ठाउँको अभाव छ । छुइ भएको समयमाविद्यालय जान नपाउँदापढाइमा कमजोर हुने र अन्त्यमा पढाइ नै छाड्ने अवस्था आउने गरेको छ । पहिलोपटक छुइभएपछि त घरका अन्य सदस्यहरुको मुख हेर्नुहुँदैन भन्ने अन्धविश्वासले किशोरीहरु घरबाहिर लुकिछिपी बस्नुपर्ने अवस्थाले किशोरीहरुलाई थप पीडा हुने गरेको छ ।
विद्यालयका शिक्षकहरुले पनि छाउपडी प्रथा हटाउनको लागि ठोस भूमिका खेल्नुपर्ने देखिएको छ ।

अहिलेसम्म त्यो भूमिका निर्वाह गर्नमा उनीहरु सक्रिय भएको पाइएको छैन । शिक्षक–शिक्षिकालेपनि छाउपडीलाई बाल्यकालदेखि नै संस्कृतिको रुपमा स्वीकार्दै आएका छन् । यतिसम्मकि ती शिक्षकहरुलाई छाउपडीको विरुद्धमा बोल्दा आफ्नो इज्जत जाने हो कि भन्ने भ्रम छ ।बाहुनभनेर चिनिने नेपाली विषयका शिक्षकहरु त मासिक श्रावभएका किशोरी तथा महिलाबाट टाढै बस्छन् । उनीहरु छाउपडीको विषयमा बोल्नै चाहँदैनन् । शिक्षकहरु नै छाउपडीको विरुद्धमाबोल्न नसक्ने भएपछि महिनावारीको बेला छात्राहरु विद्यालय जान झन् हिचकिचाउने नै भए । समाजमा छाउपडी प्रथाले यसरी जरा गाडेकोछ कि यसले गर्दामानिसहरु यो कुरीति हो भनेर थाहा पाउँदापाउँदै पनि त्यसको विरुद्धमा बोल्न सकिरहेका छैनन् । छाउपडी प्रथालाई संस्कृतिसँग जोडेर हेर्नु नै गलत हो ।अग्रगामी संविधान बनायौँ र मानिसका अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्ने गरी ऐन, नियम र नीति पनि बनायौँ तर आज हामै देशमा सानी छोरीको भविष्यमाथि खेलबाड गर्ने गरी छोरी महिनावारी भएको बेला अँध्यारो छाउगोठमा लगेर राख्ने समाज विद्यमान छ ।देवी–देवता रिसाउँछन् भनेर महिलामा हुने प्राकृतिक र स्वाभाविक प्रक्रियालाई अछुतोको रुपमा लिने व्यहारको अन्त्य हुन आवश्यक छ ।

छोरी महिनावारी हुन्नन् भने सृष्टि नै चल्दैन तर हाम्रो समाज खास गरी सुदूरपश्चिम क्षेत्रमा जुन खालको व्यवहार गर्ने गरिएको छ त्यो घातक रहेको छ । सकारात्मक सोच हुनेहरु एक भएरछोरीको भविष्य मात्र होइन जीवनमाथि खेलबाड गर्ने गरी छाउगोठमा राख्ने कार्य बन्द गरौँ र घर, परिवार, समाजलाई अग्रगामी बनाऔँ । यसले देशलाई पनि अग्रगामी हुन सहयोग पु¥याउनेछ । त्यसका लागि माथिदेखि तलसम्मका जिम्मेवार व्यक्तिहरुको सोचमा परिवर्तन हुनुपर्ने खाँचो छ । सबैले सकारात्मक सोच बनाएर मैले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने भन्ने कुरा मनन गरौँ ।

प्रतिक्रिया दिनुहोस्