कांग्रेसको महाधिवेशन आगामी भदौ दोस्रो साता !



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगिने भएको छ । उक्त मितिमा एकदुई हप्ता तलमाथि पर्न सक्न कांग्रेस नेताहरुले बताएका छन् ।

५ बर्ष पुग्दा पनि महाधिवेशन गर्न नसकेका कारण थप ६ महिना म्याद थपका लागि क्राग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलपल भएपनि कुनै सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्