भागरथी भट्टका हत्या आरोपित सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौं ।

बैतडीकी १७ बर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । बुधबार दिउँसो अभियुक्त दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन प्रहरीले घटना अनुसन्धानमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताएको छ । घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि प्रमाण पठाईको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त भट्टविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने भएको छ । उनीविरुद्ध भागरथीका दाइले किटानी जाहेरीसमेत दिइसकेका प्रहरीले बताएको छ ।

तस्बिर : पत्रकार बिनोद बिष्टको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्