काठमाडौंमा पत्रकार महासंघको २६ औं महाधिवेशन शुरु



न्युज अफ नेपाल ,काठमाडौं ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुन ले राष्ट्रिय सभागृहमा गरेका छन् । ‘प्रेस स्वतन्त्रताको आधार :सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ ।

बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको जनाएको छ । महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ । समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्