बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित



न्युज अफ नेपाल ,हेटौंडा ।

आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो ।

तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ ।प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्