तनहुँसुर क्षेत्रमा इको रुट सर्वेक्षण



मिला दरै, तनहुँ  ।

पर्यटकीय तनहुँसुर क्षेत्रको जैविक एवं ऐतिहासिक विविधताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पर्यावरणीय पर्यटनको सर्वेक्षण गरिएको छ । व्यास नगरपालिका–११ को मूलपानीदेखि तनहुँसुरसम्म जैविक विविधता, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षण गर्न इको ट्रेक रुट सर्वेक्षण गरिएको हो ।प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक एवं सांस्कृतिक, ऐतिहासिक सम्पदाको संरक्षणका लागि पहिलो चरणमा ट्रेक रुटको सर्वेक्षण गरिएको पर्यटनविद् हरिसिंह गुरुङले बताउनुभयो । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुद्र सतहबाट ५ सय मिटरको उचाइबाट शुरु हुने र १ हजार २ सय ५० मिटरको उचाइमा समाप्त हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार सर्वेक्षणका क्रममा ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नक्साङ्कन, वन्यजन्तु तथा वनस्पतिको वस्तुस्थिति विश्लेषण, पूर्वाधार विकास गर्नुपर्ने क्षेत्रहरुको छनोट गरिएको जनाइएको छ ।रुट सञ्चालन पूर्व रुटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षरोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइनबोर्ड, सूचना पाटी राख्नेलगायतका काम गरिने गुरुङले बताउनुभयो । तनहुँसुरमा होमस्टे, सांस्कृतिक एवं ऐतिहासिक सम्पदालगायत पहिल्यैदेखि भएकाले पूर्वाधार थप्न नपर्ने हुनाले इको टे«क निर्माणका लागि ठूलो लागत नपर्ने गुरुङको भनाइ छ ।हरियाली वातावरण, पानीको स्रोत, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट सावित हुने गुरुङको दाबी छ । संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविक विविधतालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

व्यास–११ का वडाध्यक्ष नीरबहादुर खड्काले प्राकृतिक स्रोत साधनको उपयोग गर्दै जीवनस्तर उकास्न पर्यटकीय गतिविधिलाई महत्व दिइएको बताउनुभयो । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण भए पनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताउनुभयो ।स्थानीयलाई व्यावसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि व्यास नगरपालिका र एसजीपी, जीईएफलगायतका कार्यक्रममार्फत सहयोग भएकोे तनहुँसुर देवस्थल होमस्टे सञ्चालन समितिकी सदस्य मनीषा रानाले बताउनुभयो ।उक्त रुटमा पर्ने चमेरी गुफा,ं गुप्तेश्वर महादेव, भगवतीपानीलगायतका धार्मिक सम्पदाहरुलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गीलगायतको विविधतालाई संरक्षण गर्दै स्थानीयको आय–आर्जनमा टेवा पु¥याउनु इको ट्रेकको प्रमुख उद्देश्य रहेको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्