सरकारले एचआईभी संक्रमित बालबालिकाको उच्च शिक्षामा सुनिश्चित व्यवस्था गर्छ : मन्त्री श्रेष्ठ



काठमाडौं ।

काठमाडौंको कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजामा सहभागी भएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एचआईभी संक्रमित बालबालिकाको शिक्षाको सुनिश्चितता सरकारको जिम्मेवारी रहेको बताका छन् ।

श्रेष्ठले एच.आई.भी संक्रमित विद्यार्थीहरुको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्ने बताएका हुन । एचआईभी संक्रमितहरुलाई शिक्षा क्षेत्रबाट बञ्चित हुन नदिन राज्यको नीति तथा कार्यक्रममै निश्चित बजेटको व्यवस्था हुनेछ, उनले भने, ‘विद्यालयले पनि कसैलाई उपेक्षा नगरी सबै बालबालिकालाई समान व्यवहार गर्नुपर्छ ।’

चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको जनाउँदै मन्त्री श्रेष्ठले समाजका सबै नागरिकले उनीहरुको कदर र सम्मान गर्नुपर्ने धारणा राखेका थिए। संक्रमित भनेर कुनै पनि बालबालिकालाई पढ्नबाट बञ्चित गर्न नहुने मन्त्री श्रेष्ठको भनाइ छ ।

। त्यस्तै शिक्षामन्त्री श्रेष्ठले कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र जेष्ठमा मात्र सकिने बताएका छन् । कोभिड–१९ ले शैक्षिक सत्रलाई अस्तव्यस्त बनाएका कारण यस शैक्षिक सत्रलाई दुई महीना लम्ब्याएर १४ महीनाको बनाइएको जानकरी दिए । उनले भने, ‘जेठ महीनाभित्र विद्यालयतहका सबै परीक्षा सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्