स्वास्थ्य बिमाको सराहना



सरकारले विपन्न नागरिकका लागि मुटु, मृगौला, क्यान्सरलगायतका कडा रोग तथा अन्य जटिल स्वास्थ्य उपचारको सहायता फराकिलो त पारेको छ, तर सबै नागरिकका लागि उपचार खर्च व्यवस्थापन गर्न चन्दा संकलन वा सरकारी अनुदानबाट सकिन्न ।

त्यसकारण यसका लागि दिगो र भरपर्दो समाधान भनेको स्वास्थ्य बिमा नै हो । स्वास्थ्य बिमा कार्यक्रमले महँगो र अत्यावश्यक सबै उपचार सेवालाई सम्पूर्ण नागरिकको पहुँचमा पु¥याउँदै जनताले स्वास्थ्य सेवा उपभोग गर्दा ठूलो आर्थिक बोझ व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गराई नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउँछ ।

सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा भन्ने मान्यतामा प्राथमिकताक्रममा विस्तार गरिएको स्वास्थ्य बिमा कार्यक्रमले अहिले धेरै जिल्ला समाहित गरिसकेको छ । यसबाट धेरै नेपाली लाभान्वित पनि भएका छन् ।स्वास्थ्य बिमा कार्यक्रमलाई हामी सबैले सराहना गर्नै पर्छ ।
– मणिराज तिमल्सिना, सल्लाघारी, भक्तपुर ।

 

प्रतिक्रिया दिनुहोस्