मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक : राप्रपा अध्यक्ष थापा



न्युज अफ नेपाल, हेटौंडा ।

राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए ।

नेपालि समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको चर्चा गरे। कोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।

कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्