विद्यालय आफैं गर्दै छन् क्वारेन्टाइनको सरसफाइ



नेपाल समाचारपत्र, मुगु ।

विद्यालयमा बनाइएका क्वारेन्टाइन निर्मलीकरण गर्न कोभिड–१९ व्यवस्थापन र क्वारेन्टाइन राख्ने निकायले चासो नदेखाएपछि शिक्षक, विद्यार्थी र अभिभावक आफैं सरसफाइमा जुटेका छन् । मुगुका प्रत्येक स्थानीय तहको २ वटा विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो ।

‘बारम्बार स्थानीय निकाय सोरु गाउँपालिकामा अनुरोध गरियो, कर्णालीका प्रदेश सामाजिकमन्त्री कहाँ पनि हार–गुहार गरियो, कतैबाट सहयोग नभएपछि विद्यार्थी अभिभावक तथा शिक्षकको सहायता लिई सरसफाइसम्बन्धी काम थालेका हौं ।’ –विजय माध्यामिक विद्यालय कालैकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्रिमनाथ योगीले बताउनुभयो ।

सम्बन्धित निकायले निर्मलीकरण गरिदेला भनी चिसोमा समेत चउरमै बसेर पठनपाठन गरेको तर कसैले पनि वास्ता नगरेपछि आफूहरू मिलेर सरसफाइ गरेको सोही विद्यालयका शिक्षक राम आशिष चौधरी बताउनुहुन्छ ।क्वारेन्टाइनमा बसेकाले प्रयोग गरेर छाडेका झुत्रा कपडा, थोत्रा भाँडाकुँडा, प्लास्टिकलगायतका फोहोरजन्य वस्तु विद्यार्थीले जलाउनुका साथै उप्किएका फर्निचरमा किला ठोकेका कोपिला बाल क्लबका अध्यक्ष बलिनाथ योगी बताउहुन्छ ।

प्रतिक्रिया दिनुहोस्