प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम (विज्ञप्तिसहित)



न्युज अफ नेपाल, काठमाडौँ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

तेस्रो चरणको आन्दोलन अनुसार प्रचण्ड–नेपाल समूहले फगुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको समन्वयमा जिल्लाजिल्लामा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यस्तै, फागुन ६ गते काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्गलो बनाएर विरोध जनाउने कार्यक्रम रहेको छ ।

यसैगरि फागुन ७ मा सबै स्थानीय तहका वडावडामा प्रदर्शन गरिने भएको छ भने ७ देखि १५ फागुनसम्म प्रतिनिधि सभाविघटनविरुद्ध सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ । हाल देशभर बडिरहेको महिलामाथिका हिंसा तथा बलात्कारको घटजनलाई मध्यनजर गर्दै यसको विरोधमा फागुन ९ मा देशव्यापी रुपमा महिला मोर्चाले प्रदर्शन गर्ने भएको छ ।

यससँगै, फागुन १० मा दलित मोर्चा र फागुन ११ मा मधेशी, आदिवासी, जनजाति, मुस्लिम, थारु, पीछडिएको क्षेत्रको प्रदर्शन हुने जनाइएको छ । यी सबै कार्यक्रमका साथै देशका प्रमुख शहरमा प्रदर्शन गर्ने कार्यक्रम अनुसार फागुन १२ मा चितवनमा र फागुन २१ मा दाङ, जनकपुर, नेपालगन्जलगायतमा, फागुन १४ मा काठमाडौंमा युवाको र्‍याली र १५ फागुनमा किसान र सुकुम्बासी मोर्चाको प्रदर्शन हुने प्रचण्ड नेपाल समूहले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्