मन्त्रीले गरे पूर्वमन्त्रीको उपचारमा सहयोग



डोटी, (नेस) ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुर जिल्ला पुनरवास नगरपालिका–५ का स्थानीयबासी विज्ञान तथा वातावरण मन्त्रालयका पूर्वसहायकमन्त्री लालबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको छ । ब्रेन स्ट्रोक रोगले पीडित भई स्पार्क हेल्थ होम अस्पतालमा लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई मन्त्री आलेले अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँका स्वकीय अधिकृत धिमलाल जोशीका अनुसार पूर्वमन्त्री बिरामी भएको जानकारी पाएपछि वनमन्त्री आलेले अस्पताल गएर भेटघाट गरी व्यक्तिगतरूपमा २५ हजार नगद आर्थिक सहयोग गर्नभए थियो ।विगत लामो समयदेखि सुगर तथा प्रेसर रोगले थला पर्नुभएका पूर्वसहायकमन्त्री विकको उपचारका लागि अझै ५÷६ महिना जति लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका उहाँका छोरीज्वाइँ कमल विकले जानकारी दिनुभयो ।

विकको शरीरको दाहिने पाटो नचल्ने अवस्थामा रहेको र बोलीमा प्रस्टता नभए पनि सुधार हुने क्रम जारी रहेको स्पार्क हेल्थ होम अस्पताल डा. सुनील पौडेलले बताउनुभयो ।उहाँको उपचारमा दैनिक ८ देखि ९ हजारसम्म खर्च आउने गरेकाले उपचारमा आर्थिक अभाव भएपछि उहाँका परिवारले आर्थिक सहयोगका लागि अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्