जापानमा ७.१ म्याग्निच्युडको भुकम्प



एजेन्सी  ।

जापानमा ७.१ म्याग्निच्युडको भुकम्प गएको छ । जापानको फुकुशिमा केन्द्र भएर गएको ७.१ म्याग्निच्युडको भुकम्प पछि, जापानका मूख्य क्याबिनेट सचिब खातोउले प्रभावित क्षेत्र उद्दार तथा आवश्यक सबै प्रबन्ध मिलाउन सम्बन्धित निकायहरु लागिसकेको जनाएका छन् । हिले राती १ बजेपछि तत्काकलै सरोकारवाला निकायहरुको आपतकालिन् बैठक बस्ने भएको छ ।

हाल, फुकुशिमा, मियागी, ईबाराकी, तोचिगी, खानागावा, गुन्मा,यामानाशी तथा शुजुओका प्रान्तका विभिन्न स्थानमा गरेर, ९० हजार घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । यसका अलवा, मानविय तथा भौतिक क्षतिबारे खासै विवरण प्राप्त भईसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्