गाउँपालिकामा आधारभुत अस्पतालका लागि डिपिआरको तयारी



रामधन राई, खोटाङ।

खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकाले आधारभुत अस्पताल निर्माणका लागि डिपिआरको तयारी गरेको छ । १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि डिपिआर तयार पार्न प्रस्ताव पेश गर्न इच्छुक फर्म वा कम्पनीलाई गाउँपालिकाले आग्रह छ ।

१७ लाख २१ हजारमा डिपिआर तयार पार्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न गाउँपालिकाले माघ २२ गते सूचना जारी गरिसकेको अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो । आधारभुत अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा व्यवस्था गरेर डिपिआरको काम थालिएको हो ।

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार गत मंसिर १५ गते ऐसेलुखर्कमा आधारभुत अस्पतालको भवन शिलान्यास गरिएको थियो । आधारभुत अस्पताल स्थापनाका लागि नेपाल सरकारले ३ करोड २३ लाख ३० हजार बजेट निकासा दिइसकेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्