नेबिसंघले सञ्चालन गर्दै आएको विशुद्ध एक वैचारिक कार्यक्रमको सिजन २ सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

नेबिसंघद्वारा निरन्तर संचालन हुँदै आइरहेको विशुद्ध एक वैचारिक कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । कोभिड १९ का कारण केही समय रोकिएको कार्यक्रमको सिजन २ पुनः आजबाट सुरु भएको छ । यो कार्यक्रम हरेक हप्ताको शुक्रवार सञ्चालन गरिने भएको छ ।

संसद विघटन, अदालत र नेपाली कांग्रेसको भुमिकाको बिषयमा आज भएको कार्यक्रममा डिएलएका पूर्व अध्यक्ष, वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले सम्बोधन गरेका थिए । शिवहरी तिमल्सिनाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा घिमिरेले संसद विघटनबारे बोल्दै प्रधानमन्त्रीको यो कदम असंवैधानिक, अलोकतान्त्रिक र संविधान बिपरित भएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्