मुहानपोखरीमा एक दिने महिला स्वास्थ्य शिविर सम्पन्न



न्युज अफ नेपाल, ललितपुर ।

नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसंगको सहकार्यमा बुढानिलकण्ठस्थित मुहानपोखरीमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यसहित सञ्चालन गरिएको सो शिविरमा वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझीँ र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहाल उपस्थित थिए । डा. रायमाझीँले शिविरमा उपस्थित महिलाहरुलाई स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्नेबारे जानकारी दिएकी थिइन् ।

उक्त शिविरमा १०० जना महिला सहभागी भएका थिए । थर्मोकोगुलेसन प्रविधीबाट गरिएको उपचारमा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ । स्तन क्यान्सरको लक्षण भए नभएको आफैले पत्ता लगाउने तरिका सिकाएकि डा.ज्योति रायमाझीले ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सल्लाह दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्