खोटाङमा नीजि आवास पुनर्निमानको ७६ प्रतिशत काम सम्पन्न



रामधन राई, खोटाङ ।

भूकम्प गएको पाँच वर्ष वित्दा खोटाङमा नीजि आवास पुनःनिर्माणको काम करिव ७६ प्रतिशत सम्पन्न भएको छ ।

भूकम्पले नीजि आवास क्षतिग्रस्त वनाएका नौँ हजार ३ सय १० लाभग्राहीमध्ये सात हजार ३ सय ९८ घर लाभग्राहीले पुनः निर्माणको काम सम्पन्न गरेको पुनः निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण जिल्ला कार्यान्वयन इकाईका अनुसार २ सय ४२ घर लाभग्राहीले अहिलेसम्म नीजि आवास पुर्ननिर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० जना लाभग्राहीले दोस्रो किस्ता लिएको इकाईका प्रमुख घनश्याम उपाध्यायले बताउनुभयो । पुनः निर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिने काम भइरहेको भुसालको भनाई छ ।

झुटो विवरण पेश गरेर सम्झौता गरी पहिलो किस्ता बुझ्ने एक जनाबाट रकम फिर्ता तथा दोहोरो भुक्तानी लिने तीन जना लाभग्राहीबाट रकम असुल गरिएको जनाइएको छ । यस्तै, भूमिहीनलाई जग्गा खरिद गर्न उपलब्ध गराइने दुई लाख रकमका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेका छन् । बाँकी एक जनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन इकाईका सूचना अधिकारी मणिराम ढकालले जनाउनुभयो ।

पुर्ननिर्माण प्रवलीकरणतर्फ ९ सय ७१ घर लाभग्राही छनोट भएकामध्ये ७ सय ८५ घरले सम्झौता गरेर काम थालेको र १ सय ८६ घरले सम्झौता नै नगरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्