भारत सरकारद्वारा तीनवटा ठेक्का सम्झौता



काठमाडौं, (नेस)  ।

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बूढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरुले बिहीबार तीनवटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

भूकम्पपछिको संरक्षण तथा पुनःस्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौताअनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदाभित्रकै यी तीन परियोजना हुन् । नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निमार्णका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवं पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इनट्याच) का केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर भएको थियो ।ललितपुरका मेयर, बूढानीलकण्ठ मन्दिरका मठाधीश, कामपा–२५ का वडाध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिलगायत सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्