विवादास्पद सीमाबाट भारत र चीनले फौज फिर्ता लैजाने



नयाँदिल्ली, (एजेन्सी) ।

भारत र चीनले आ–आफ्नो विवादास्पद हिमाली सीमा क्षेत्रबाट फौज फर्काउने भएका छन् । गत जुनमा चिनियाँ र भारतीय फौजबीच भएको हिंसात्मक भिडन्तपछिको यो ठँलो उपलब्धि मानिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पारमाणविक शक्ति सम्पन्न दुई मुलुकबीच चलेको लामो वार्ताको परिणामस्वरूप लद्दाखबाट फौज फिर्ता लाने सहमति भएको जानकारी बिहीबार पत्रकारहरूलाई दिएका छन् ।

अघिल्लो दिन चीनले पनि फौज फिर्ता लानेबारे सार्वजनिक घोषणा गरेको थियो । गत जुनमा लद्दाखमा भएको भिडन्तमा २० जना भारतीय सेनाको ज्यान गरेको थियो । तर, चिनियाँ पक्षले भने आफ्नो के कति हताहत भयो भन्ने सार्वजनिक गरेको थिएन ।रक्षामन्त्री राजनाथ सिंहले भारतको संसद्मा गत सेप्टेम्बरदेखि दुवै पक्षबीच सैनिक र कुटनीतिक च्यानलहरू मार्फत वार्ता चलिरहेको तथ्य अवगत गराएका छन् ।

उनले चीन र भारतका वरिष्ठ सैनिक कमान्डरहरू बीचको नौ चरणको वार्तापछि पान्गोंग तालको दक्षिण र उत्तर किनारबाट फौज फर्काउनेबारे सहमति भएको बताएका छन् ।यसैबीच, सिंहले चीनले लद्धाखको सीमा क्षेत्रमा ठँलो परिमाणमा फौज र हातहतियार परिचालन गरेको तथा सो क्षेत्रको भारतको ३८ हजार वर्ग किलोमिटर भँभाग कब्जा गरेको पनि संसद्लाई अवगत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्