मोटरसाइकल आगलागी हुँदा दुईको मृत्यु



न्युज अफ नेपाल, धादिङ ।

धादिङको धुनीबेसी नगरपालिकास्थित खानी खोला सडक खण्डमा मोटर साईकलमा आगलागी हुँदा दुर्ई जनाको मृत्यु भएको छ । मोटर साईकलमा सवार डा. सुरेश अधिकारी र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको प्रतक्षदर्शीले जनाएका छन् ।

गल्छिबाट काठमाडौँँतर्फ जादैँ गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसगँ ठोक्किँदा मोटरसाइकलमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानसँगै मृतकको सनाखत कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्