रामकुमारी झाँक्री पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहानै झाँक्री निवास प्रहरी पुगेसँगैे नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी सुरु गरेका थिए ।

झाँक्रीले पक्राउ पर्नुअघि सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी छन् । यस्तै, निवासबाहिर प्रहरी र नेकपा कार्यकर्ताबीच चलेको ठेलमठेलमा परेर एक प्रहरी जवान भाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्