झाँक्रीलाई पक्राउ गर्ने कुरा आफ्ना निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो : नेता शर्मा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र नभएर निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र रहेको जनाएका छन् ।

‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुठभेडमा लगेर आफ्‍नो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो’ शर्माले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेपछि शर्माले सो कुरा बताएका हुन् । झाँक्री निवासमा प्रहरी पुगेसँगै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले चर्को नाराबाजी सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्