राष्ट्रपतिविरुद्ध अभिव्यक्ति : सोधपुछका लागि नेतृ झाँक्रीलाई प्रहरीले बोलायो



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सोधपुछ गर्न नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ ।

झाँक्री केही दिन अघि मात्र मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई सेतो साडी लगाएर चुनावमा उठाउनु भुल भएको टिप्पणी गरेकी थिइन् ।

मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

झाँक्रीले सो टिप्पणी गरेसँगै नेकपा ओली समूहले झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै दुई समूहमा बाँडिएको नेकपा एकअर्का प्रति टिप्पणी र लान्छना लाउनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्