आकाश र अस्मिताको रोमान्स



गायक सुमन केसी र गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।सार्वजनिक बागमा बोलको गीतको शब्द अम्बिका गुरुङले रचना गरेकी छिन्। राजन खतिवडाको संगीत रहेको गीत फणिन्द्र राईले एरेन्ज गरेका छन्।

सार्वजनिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अस्मिता श्रेष्ठलाई फिचरिङ गरिएको छ। उनीहरुलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। भावसागर इन्टरटेन्मेन्टको निर्माणमा बनेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्