युवाको लगानीमा फुटसल



अमृत अर्याल, स्याङ्जा
जिल्लाको वालिङमा यहाँका चारजना युवाहरूको सामुहिक लगानीमा फुटसल सञ्चालनमा आएको छ । वालिङ १० का स्थानीय युवाहरूले एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् ।

सोमबहादुर मल्ल (विमल), अन्दाज थकाली, वीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठको सामुहिक लगानीमा वालिङमै दोस्रो इन्डोर फुटसल सञ्चालनमा आएको हो ।फुटसलको उद्घाटन गर्नुहुँदै वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले फुटसल खेलको विकासका लागि यसले महवपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वालिङ तथा आसपासका खेलाडीहरूको क्षमता प्रष्फुटन गर्नुका साथै नयाँ नयाँ खेलाडीहरू उत्पादन गर्नका लागि यसबाट सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्