फागुन २ देखि दोस्रो चरणको खोप



bdf}nL, !$ df3 M tgx’Fsf] bdf}nLdf a’waf/b]lv z’? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx’Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

काठमाडौं, (नेस)  ।

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अब महिला स्वास्थ्य स्वयंसेविकामा लक्षित गर्दै आउँदो फागुन २ गतेदेखि सञ्चलानमा ल्याउने भएको छ । सरकारले पहिलो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविकालाई लिएको छ ।

कोरोनाविरुद्धको पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाइमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लक्षित गरी माघ १४ गतेदेखि ११ दिनसम्म लगाइएको थियो ।भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो ।

पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णयअनुसार सोमबारदेखि ५ दिनका लागि निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र तोकिएको छ ।

फागुन २ गतेदेखि दोस्रो चरणमा सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारी, पत्रकार, पहिला छुटेका स्वास्थ्यस्वयंसेविका र गाउँपालिकाका कर्मचारी र प्रतिनिधिलाई दिने योजना रहेको डा. झलक गौतमले बताउनुभयो ।अहिलेसम्म २ लाखको हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले दोस्रो चरणका लागि विभिन्न क्षेत्रका निकायलाई तोकिएको गौतम बताउनुहुन्छ । खोपको सदुपयोगका लागि स्वास्थ्य मन्त्रालयले अत्यन्तै सोचविचारका साथ कोलचेन मेन्टेन गर्दै प्रयोगका लागि वितरण गर्दै आएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्