पत्रकार र कलाकार सम्मानित



चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाले साधारण सभा गर्दै ३ पत्रकार र एकजना कलाकारलाई सम्मान गरेको छ।भरतपुरमा आयोजित कार्यक्रममा अनलाइनखबर डटकमका रंग पत्रकार विजय सुवेदीलाई नगद ५ हजार ५ सय ५५ रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरेले सुवेदीलाई सम्मान गरेका हुन्। त्यसै गरी अभिनेता ऋद्धिचरण श्रेष्ठलाई कलाकारिता पुरस्कार, किशोर खनाललाई सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र सुशील पन्तलाई युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। सबैलाई जनही नगद ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्