सानिमा बैंकको शाखा टोखामा



काठमाडौं, (नेस) ।

सानिमा बैंकले काठमाडौंको टोखा‐६ (ग्रान्डी हस्पिटल नजिकै) शाखा कार्यालय विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गर्नुभयो ।

मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीयबैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललेबैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बैंकको ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्