नेप्सेमा ‘करेक्सन’



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन मंगलबार ‘करेक्सन’ भएको छ । यस दिन नेप्से २९ दशमलव शून्य १ अंकले ओरालो लागेर २५३२ दशमलव ४६ बिन्दुमा झरेको छ । लगातारको वृद्धिसँगै ऐतिहासिक बिन्दुमा पुगेको नेप्से करेक्सन भएको हो ।

परिसूचकसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण पनि घटेको छ । मंगलबार समग्र बजार पुँजीकरण ३४ खर्ब १६ अर्ब २१ करोड २४ लाख ६० हजार रुपियाँमा झरेको छ । कुल १९४ वटा कम्पनीको १ करोड ५९ लाखभन्दा बढी कित्ता शेयर ८ अर्ब १४ करोड ६२ लाख रुपियाँ भन्दा बढीमा कारोबार भएको कारोबार भएको छ । यस दिन १२ वटा समूहको कारोबार भएकामध्ये दुई वटा समूह विकास बैंक र वित्त समूहमात्रै बढेका छन् । कारोबार रकमका आधारमा गरिमा विकास लघुवित्त पहिलो भएको छ । सो लघुवित्तको ३४ करोड ७१ लाख रुपियाँभन्दा बढीको शेयर कारोवार भएको छ ।

यस्तै प्रभु बैंकको ३० करोड ५८ लाख, ग्लोबल आइएमई बैंकको २९ करोड ४५ लाख, डिप्रोक्स लघुवित्तको २५ करोड ७५ लाख, एनआइसी एसिया बैंकको २२ करोड ९१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ७६ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ६४ लाख, नेपाल दूरसञ्चार कम्पनीको २१ करोड २९ लाख र नबिल बैंकको २१ करोड २७ लाख रुपियाँको किनबेच भएको छ । मंगलबार गुडविल फाइनान्सका लगनीकर्ताले ९ दशमलव ९२, श्रीइन्भेस्ट फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६५, समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ता ९ दशमलव ५२ प्रतिशतले कमाएका छन् । त्यस्तै कालिका पावर कम्पनी, नेपाल ल्यूब आयल,

आखुखोला जलविद्युत् कम्पनी, कामना सेवा विकास बैंक, गरिमा विकास लघुवित्त, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाउँदा सर्पोट माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, माउन्टेन इनर्जी नेपाल, गुराँस लघुवित्त, नेरुडे लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, साधाना लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्