ट्रिपर सञ्चालनमा कडाइ

हेरेको छैन है



पाल्पा, (नेस) ।

पछिल्लो समयमा पाल्पा जिल्लाबाट वाहिरी जिल्लाका विभिन्न सिमेन्ट खानीमा चुनढुङ्गा ओसारपसार कार्यमा प्रयोग हुने ट्रिपरका कारण जनताले सास्ती भोगेपछि यसको अन्तका लागि फेरि अर्काे उपाय अपनाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र बुढाथोकीका अनुसार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले ट्रिपर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।वैठकको निर्णय अनुसार राति ९ बजेदेखि विहान ४ बजेसम्म तानसेन बजार हुँदै यो राजमार्गमा ट्रिपर चलाउन नपाइने भएको हो ।

ट्रिपर चलाउँदा सडक छेउका घरमा बस्ने मानिसलाई डिस्टर्ब भएको भन्दै रात्रीको समय सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको हो ।केही दिन पहिले टिप्परको गति सीमित गर्न टाइम कार्ड लागु गरिएको थियो । तर त्यो नियम त्यति प्रभावकारी वन्न नसकेको देखिएको छ ।यद्यपि ‘टाइम कार्ड’ लागू गरिएका कारण अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा ट्रिपर गन्तव्यमा पुग्नुपर्ने र तोकेको समयभन्दा अगाडि नै पुग्ने ट्रिपर कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्