ज्यानै फाल्नु पहिलेमा हमाल



ख्यातिप्रँप्त अभिनेता राजेश हमालद्वारा अभिनित एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। अमेरिकाको कोलोराडोमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरेको हमाल अभिनित म्युजिक भिडियो ज्यानै फाल्नु पहिले सार्वजनिक गरिएको  हो।

मर्नु सरल छ जिउनु कठिन, यो दुनियाँ कुनै कायर व्यक्तिका लागि होइन, हिम्मत हुनेहरु नै जिउँदा हुन्छन्, लड्छन् र जिउँछन् भन्ने सन्देश भरिएको गीतमा संगीतकार हरि लम्सालको स्वर रहेको छ भने किरण कँडेलको संगीत संयोजन रहेको छ।
यसको मार्मिक म्युजिक भिडियोमा राजेश हमाल, रिमा विश्वकर्मा र बालकलाकार श्रीवानी थापा फिचर्ड छन्।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्। म्युजिक भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। यसअघि गीतकार तथा संगीतकार वसन्त लम्सालले यसलाई पर्दा उसले हेथ्र्याे, तिमी मेरो एउटाजस्ता गीत सार्वजकि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्