बार्टी च्याम्पियन



Ashleigh Barty, of Australia, returns to Maria Sakkari, of Greece, during the Western & Southern Open tennis tournament, Friday, Aug. 16, 2019, in Mason, Ohio. (AP Photo/John Minchillo)

लन्डन, (एजेन्सी)  ।

विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी ‘यारा भ्याली क्लासिक टेनिस’को च्याम्पियन बनेकी छिन् ।आइतबार मेलबर्नमा भएको फाइनलमा स्पेनकी गार्बिन मुगुरुजालाई पराजित गर्दै बार्टीले प्रतियोगिताको उपाधि जितेकी हुन् ।

च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाकी बार्टीले मुगुरुजामाथि ७(६–३) र ६–४ को सेटमा जित निकालिन् ।यस उपाधिसँगै २४ वर्षीय बार्टीले सन् २०२१ को उत्कृष्ट सुरुवात गरेकी छिन् । यारा भ्याली क्लासिकलाई अस्ट्रेलियन ओपनको तयारीको रूपमा लिने गरिन्छ । अब बार्टीले फेब्रुअरी ८ देखि १२ सम्म मेलबर्नमा हुने वर्षको पहिलो ग्रान्डस्लामबाट परिचित अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्