बेस चम्किँदा इंग्ल्यान्डलाई अग्रता



लन्डन, (एजेन्सी) ।

चेन्नईमा जारी भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डका बलर डोम बेस चम्केका छन् । बेसले ४ विकेट लिएपछि इंग्ल्यान्डलाई ठूलो अग्रता पनि मिलेको छ । पहिलो इनिङमा इंग्ल्यान्डले ५ सय ७८ रन बनाउँदा यसको जवाफमा भारतले ६ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको छ ।

चेन्नाईमा जारी सो टेस्टको तेस्रो दिनको खेल समाप्तिसम्म इंग्ल्यान्डलाई ३ सय २१ रनको अग्रता रहेको छ ।
भारतका लागि रिषभ पन्त र चेतेश्वर पुजाराले शानदार ब्याटिङ गरेका थिए । तर, अन्य ब्याटसम्यान जम्न नसक्दा टिमले संघर्ष गर्नुपरेको छ । ओपनर रोहित शर्मा र शुभमन गिलले ठोस शुरुआत दिलाउन सकेनन् । रोहित ६ रनमा र गिल २९ रनमा आउट भए । दुवैलाई जोफा आर्चरले आउट गरेका थिए । भारतीय कप्तान विराट कोहली पनि ११ रनमै पभेलिय्रन फर्कनु प¥यो । उनलाई बेसले आउट गरेका थिए । यस्तै बेसले आजिन्क्य रहाणेलाई १ रनमै शिकार बनाएका थिए ।

४ विकेट ७३ स्कोरको लागि गुमाएको भारतलाई पुजारा र पन्तले उकासे । उनीहरूले पाँचौं विकेटका लागि १ सय १९ रनको साझेदारी गरेका थिए । यो साझेदारी पनि बेसले नै तोडे । उनले पुजारालाई व्यक्तिगत ७३ रनमा बन्र्सद्वारा क्याचआउट गराएका थिए । यसपछि पन्त पनि धेरै बेर टिक्न सकेनन् । उनी नर्भस नाइन्टीका शिकार भए । ९१ रन बनाएका उनलाई बेसले नै क्याचआउट गराएका थिए ।पन्तले लगातार दोस्रोपटक नर्भस नाइन्टीमै चित्त बुझाउनुपरेको छ । उनले यसअघि अस्टे«लियाविरुद्धको चौथो तथा निर्णायक टेस्टमा शतक बनाउन चुकेका थिए । उनी ९७ रनमा आउट भएका थिए ।

इंग्ल्यान्डविरुद्ध उनी शतक बनाउन ९ रनले पछि परेको थियो । पन्तले टेस्ट करिअरमा हालसम्म २ शतक प्रहार गरेका छन् । उनको टेस्टमा व्यक्तिगत उच्चतम स्कोर १ सय ५९ हो ।आज चौथो दिन भारतको लागि फ्लो अनबाट उम्कन ठूलो साझेदारीको आवश्यकता रहेको छ । फ्लोअनबाट उम्कन भारतले अझै १ सय २२ रन जोड्न आवश्यक छ । क्रिजमा वाशिंटन सुन्दर (३३ रन) र रविचन्द्रन अश्विन (८ रन) रहेका छन् । इंग्लिस बलरमा बेसले ४ विकेट र आर्चरले २ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्