नेविसंघद्वारा बुटवल बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी



यमलाल भुसाल, बुटवल ।

बुटवल बहुमुखी क्याम्पस प्रशासनले नेपालविद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकीे भत्काएको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनसंग भएको सहमती कार्यान्वयन गराउन आन्दोलित नेविसंघका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन ।

तालाबन्दीपछि नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई कार्यवाहक सभापति ऋषि भण्डारीले विज्ञप्ति जारी गदै वि.स.२०५२ सालमा नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकी क्याम्पस प्रशासनले भत्काएपछि आफ्नो माग पुरा गर्न क्याम्पस प्रशासनले बेवास्ता गरेकोले बाध्यभएर तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

गत २०७६ असार १६ गते क्याम्पस प्रशासनले विना जानकारी पानीको टंकी भत्काएपछि तत्कालिन क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीले टंकी निमार्ण गरिदिने सहमति भएको थियो ।

सुवेदीको कार्यकाल सकिएपछि नयाँ क्याम्पस प्रमुख समक्ष नयाँ खानेपानी टंकी निर्माण गर्न जग्गा उपलब्ध गराउने सहमति भएपनि अहिले आएर त्यस सहमति भन्दा बाहिर गएर क्याम्पस प्रशासनले एकलौटी ढङगले राजनितिक पुर्वाग्रह राखी नेपाल विद्यार्थीसंघ बुटवल बहुमुखि क्याम्पसलाई क्याम्पस प्रमुखले काम सुचारु गर्न पत्र नदिएको र विभिन्न बहाना बनाई निमार्ण कार्यमा अवरोध पुर्‍याएको कारण नेवि संघ बुटवल बहुमुखी क्याम्पस आन्दोलित भएको भण्डारीले बताउनु भयो । क्याम्पस प्रशासनले दिएको समय सीमासम्म पनि क्याम्पस प्रमुखले निमार्णको काम सुचारु गर्न नदिएकोले बाध्य भएर क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन ताला लगाएको भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्