गोसाईकुण्ड गाउँपालिकाको ब्राबलमा फुजी प्रजातिको स्याउ उत्पादन



सरस्वती न्यौपाने,रसुवा ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा फुजी प्रजाति को स्याउ उत्पादन हुने भएको छ ।मनाङ र मुस्ताङमा उत्पादन भइरहेको फुजी स्याउको विरुवा बाट परिक्षण गर्दा उत्पादन हुने रहेछ ।बाग्मति प्रदेश सरकारको ७९ लाख लगानिमा दुई जात को ११ हजार सात सय विरुवा लगाइएको छ ।समुन्द्री सतह देखि २२ सय मिटरको उचाइमा रहेको ब्राबलमा चिराइतो मात्र लगाइने गरेको थियो स्थानिय जातको स्याउको विरुवा लगाउने गरेको थियो ।

यस फुजी स्याउ लगाएको एक वर्ष पछि नै उत्पादन दिने भएपछि किसानहरु हर्षित छन् ब्राबलका एक सय ७० रोपनिमा १६ घर परिवार ले एकै ठाउँमा खेति गरिरहेका छन् ५० प्रतिशत आफ्नो र ५० प्रतिशत अनुदान भएकाले पनि कृषक हरु यस फुजी स्याउ उत्पादनमा आकर्षित भएका हुन् ।पाखो र भिरालो जमिनमा स्याउ उत्पादन गरिरहेका त्यहाँका किसानहरु यसको अझै स्तरोन्नती गर्न सके आम्दानी राम्रै हुने बताएका छन् यो स्याउ स्पेन र इटाली लगाएत अन्य देशहरुमा पाईने भएपनि नेपालमा भने महँगो पर्न जान्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेकाले जंगली जनावर ले दुख दिने गरेको छ ।ब्राबलका कृषकहरु चिराइतो लगाएत गोलभेडा, बन्दा, काउली, साग, मुला मौसम अनुसारको तरकारी उत्पादन गर्छन चौरी पालन बाख्रा पालन लगाएतका पशुपाल गरि राम्रो आम्दानि समेत गर्दछन् ।आम्दानि त हुन्छ तर निकुञ्ज क्षेत्र भएकाले बादर लगाएत बदेल ले लगाएको खानेकुरा खाइदिन्छ ।त्यसैले जागर पनि मरेर आउने त्यहाँका स्थानिय कृषकहरुको दुखेसो व्यक्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्