मिथिलाको आशीर्वाद



काठमाडौँ । हात मुख जोड्नकै निमित्त विदेशिएका नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो आशिर्वाद सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ। भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन्। भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ। छोरा आउने प्रतीक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ।

सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, सुरज गैरे ‘विवश’ र अशोककुमार तिमल्सिनाको शब्द रचना तथा सुवास भुसालको संगीत रहेको छ। भिडियोको लेखन तथा निर्देशन अशोकले नै गरेका हुन्। पारस तिमल्सिनाले निर्माण गरेको भिडियोलाई राकेश महर्जन, रवि कँडेल र सनिश श्रेष्ठले खिचेका हुन्। भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्