चीनले दिएको ह्युमपाइप नाकामै अलपत्र



दिलकुमार लिम्बु, ताप्लेजुङ । छिमेकी राष्ट्र चीनले दिएको ह्युमपाइप ३ वर्षदेखि नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङमा थन्किएको छ ।

नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ सालमा सहयोस्वरूप आएका फलामका ह्युमपाइप अलपत्र परेको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपलिका–७ ओलाङ्चुङ्गोला नाकामा राखिएको चीनको डिङ्जे काउन्टीले १० वटा ह्युमपाइप तामोर नदीमा प्रयोग गर्नका लागि दिएको थियो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा यातायात सञ्चालन दिइएको पाइपहरु गह्रौं भएकाले ल्याउन नसकिएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो ।

सिमाना कटाएर नेपालतर्फ लडाइएका ह्युमपाइप हिउँदमा हिउँले पुर्ने र वर्षातमा बाहिर देखिने गरेको छ । मित्र राष्ट्रयले दिए पनि ल्याएर प्रयोग नर्ग नसकेको प्रवक्ता लामाले बताउनुभयो । एउटा ह्युमपाइप १ सय केजीसम्म रहेको छ । मान्छेले बोकेर ल्याउन नसकिएकाले ह्युमपाइप अलपत्र परेको हो ।चीनले नेपालको सिमानासम्म १८ चक्के लरीमा पाइप ल्याएको थियो । सडक स्तरोन्नति गरेपछि मात्रै ह्युमपाइप प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्