गोंगबुमा ट्याक्सीमाथि आगजनी, हड्ताल गर्दै हिड्ने ५६ जना पक्राउ



न्युज अफ नेपाल काठमाडौं । काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।अहिलेसम्म प्रहरीले आम हड्ताल गर्दै हिड्ने ५६ जनालाई प्रहरीले पक्राउ गरिसकेको महानगरिय प्रहरी महशाखाका वरिष्ठ उपरीक्षक अशोक सिंह जानकारी दिए।

बिहीबार बिहान प्रदेश ३.०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, एसएसपी सिंहले जानकारी दिए। प्रदर्शनकारीहरूले आगजनी गरेर गएको उनले बताएकान छन्  ।

प्रहरीले ट्याक्सीमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्