आज साँझ प्रचण्ड– नेपाल समूहले मसाल जुलुस निकाल्दै



न्युज अफ नेपाल , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले आज साँझ मसाल जुलुस निकाल्ने भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा देशव्यापीरुपमा मसाल जुलुस निकालिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार काठमाडौंमा भने साँझ रत्नपार्कबाट नेता , कार्यकर्ता र जनताको सहभागितामा जुलुस निकाल्ने कार्यक्रम छ । प्रचण्ड –माधव समूहले पत्रकार सम्मेलन गरेर बिहीबार आमहड्ताल गर्ने घोषणा गरिसकेको छ । सरकारको असंबैधानिक कदमविरुद्ध आमहड्तालसम्मको अवस्थामा जानु परेको केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

समितिले आमहड्तालका क्रममा उद्योग, शैक्षिक संस्था यातायात, कलकारखाना लगायत बन्द रहने जनाएको छ । तर, परीक्षा सञ्चालनमा भने कुनै अवरोध नगरिने समतिको भनाई छ । आमहड्तालको क्रममा अत्यावश्यक सेवा सञ्चालनमा अवरोध नगरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्