प्रचण्ड–नेपाल समूहले भाेलि आम हड्ताल गर्ने तयारी



न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छापामार शैलीमा आज बिहानै संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ गराएको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले भोलि आम हड्तालको गर्ने घोषणा गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व निर्धारित सबै विरोधका कार्यक्रमलाई थाती राख्दै यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार हड्ताल घोषणा गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइ बिनै आज शपथ लिएका हुन् । संवैधानिक निकायहरूमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड नेपाल समूहले आपत्ति जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्