कसैलाई भन्दिनँ सार्वजनिक



मलाई भन कसैलाई भन्दिनँ बोलको लोकगीत हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। तेजश रेग्मी, राजु क“डेल तथा गायिका रीना केसीको स्वर रहेको उक्त रमाइलो गीतमा तेजश रेग्मीकै शब्द तथा संगीत रहेको छ।

मोडलहरु दुर्गेश थापा, तेजश रेग्मी, अर्जुन रेग्मी, दीपाशा बिसी, गृष्मा शर्मा तथा अस्मिता जुरेलीको नृत्य रहेको म्युजिक भिडियो निकै आकर्षक बनेको छ। जसमा तीन जोडी युवायुवती एक–आपसमा मायाप्रेमका बारेमा गरेको रमाइलो संवाद देख्न सकिन्छ।

शिव बीकेको निर्देशन अजय रेग्मीको छायांकन तथा प्रवीण भट्टको सम्पादन रहेको म्युजिक भिडियोलाई टीआर सिरिजले प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्