लोग्नेसँग अनुमति मागेर पूर्वप्रेमीलाई जब श्रीमतीले अँगालो मारिन्…



क्वालालम्पुर, (एजेन्सी)

मलेसियामा विवाहको समय एकजना दुलहीले आफ्नो नवविवाहित पतिलाई अन्तिम एकचोटि आफ्नो पूर्वप्रेमीलाई अंकमाल गर्न अनुरोध गरेर बिचरो पतिदेवलाई नै स्तब्ध बनाइदिएकी छन् ।

टिकटकमा ‘एट मायांगकुमे’को नामले चिनिने ती महिलाले एकजना पाहुनाले उनलाई विवाह भोजमा पतिबाट अलग्याएर अँगालो मारेको भिडियो सेयर गरेकी छन् ।

यो सत्य घटना मलेसियामा घटेको हो । टिकटकमा यो भिडियो ५५ लाख पटकभन्दा धेरै हेरिइसकेको छ । दुलहा–दुलहीले अभिवादन गर्दै गरेका ती व्यक्ति दुलहीको पूर्वप्रेमी भएको बताइएको छ । ती व्यक्तिले नवविवाहित दम्पतीलाई हात मिलाएर बधाई तथा शुभकामना दिँदा अचानक ती दुलहीको उनलाई अँगालो मार्ने अनौठो इच्छा पलाएको देखिन्छ ।

लोग्नेको सहमति पाउनासाथ पूर्वप्रेमीलाई झ्याम्म अँगालो मार्ने ती दुलहीले प्रेमीको ढाडमा अझै पुष्पगुच्छा समाएको हातले सुम्सुम्याएको भिडियोमा देखिन्छ । त्यसपछि आफ्नी पत्नीलाई अंकमाल गर्न दिइएकोमा कृतज्ञता प्रकट गर्न दुलहास“ग हात मिलाउन पुगेका पूर्वप्रेमीलाई ती दुलहाले पनि अंकमाल गरेको सो भिडियोमा देखिन्छ ।

पोस्ट गरिएयता २४ घण्टाभित्रमै यस भिडियोले ३ लाख ८५ हजार लाइक र १९ हजार २ सय कमेन्ट पाइसकेको छ । भिडियोमा आफ्नी पत्नीले पूर्वप्रेमीलाई अ“गालो मारिरहेका बेला ती दुलाहाले तल भुइँमा हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्