नयाँ जनादेश मुलुकको अपरिहार्यता हो : कांग्रेस नेता भण्डारी



काडमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले देशमा नयाँ जनादेशको आवाश्यक भएको बताउनु भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै वहाँले नयाँ जनादेशमा जाने बिषय मुलुकको आवश्यकत्ता भएकोले कांग्रेस चुनावबाट पछि नहट्ने प्रष्ट पार्नु भयो ।

सरकारले जनमतको अपमान गरेको आरोप लगाउँदै उहाँले नेकपाले सरकार चलाउन सक्दैन भन्ने पुष्टि गर्ने बिभिन्न आधारहरु भएको जनाउनु भयो । वहाँले देश र जनताको पक्षमा काम गर्न नसकेकाले सरकार सञ्चालनमा नेकपा पूर्णरुपमा असफल भएको दाबी गर्नु भएको छ । सरकारको नेतत्व गर्नेहरु स्वार्थमा लिप्त भएकोले संस्थागत भ्रष्टाचार मौलाएको वहाँको भनाइ छ ।

संवैधानिक निकायलाई अघोषितरुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम बर्तमान सरकारबाट भएको वहाँको भनाई थियो । सरकारले सर्वसत्तावाद चरित्र देखाएकाले त्यसको परिणाम आज देशले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने अवस्था भएको वहाँको निष्कर्ष छ ।

एक अर्को प्रसंगमा वहाँले प्रतिनिधिसभासम्बन्धी अदालतको फैसलालाई कांग्रेसले सम्मान गर्ने बताउनु भयो । कांग्रेसले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको नेता भण्डारीले स्पष्ट पार्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्