श्रेष्ठ र खातीको जोडीलाई उपाधि



पाल्पा, (नेस) । जिल्ला ब्याडमिन्टन संघ पाल्पाको आयोजनामा जिल्लास्तरीय प्रतियोगितामा एविन श्रेष्ठ र विनय खातीको जोडीले उपाधि जितेको छ ।

श्रेष्ठ र विनय खातीको जोडीले फाइनलमा वसन्तलाल बज्राचार्य र महेशमान बज्राचार्यको जोडीलाई २१–१८ र २१–१७ ले हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा सुमित घिमिरे र विशाल भण्डारी तथा सन्तोष नेपाल र प्रविन अधिकारीको जोडीले तेस्रो स्थान हासिल गरेका छन । विजेताले २५ हजार प्राप्त गरे ।

यस्तै, उपविजेताले १५ हजार प्राप्त गर्दा तेस्रोले १०-१० हजार प्राप्त गरे ।प्रतियोगितामा सुमित घिमिरे उत्कृष्ट खेलाडी चुनिए । सुमित घिमिरे र विशाल भण्डारीको टिम उत्कृष्ट जोडी घोषित भए । पुरण गाहा र न्यौपानेको जोडीलाई राइजिङ टिमका रूपमा पुरस्कृत गरियो ।

प्रतिक्रिया दिनुहोस्