नविताको टेबुलटेनिस एकेडेमी सञ्चालनमा



काठमाडौं, (नेस)

टेबुलटेनिसतर्फ ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छन् । ‘स्ट्याग च्याम्पियन्स टेबुलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

टेबुलटेनिसबाट खेल जीवन शुरुआत गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगितासमेत खेलाउन सकिने नविताले बताइन् । नविताले देशैभरिबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको बताइन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा ल्याउन लागिएको एकेडेमीको कुल लागत ३५ लाख रुपैयाँ रहेको छ । ६ वटा टेबुलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आबद्ध भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्