देउराली जनताको ३० औं वर्षको निरन्तर सहयोग नेपाल र नेपाली जनतालाई



न्युज अफ नेपाल, काठमाडौ ।

नेपालको अग्रणी औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्यूटीकल्स प्रा.लि.ले कोभिड १९ का कारण विगतमा झै आम जनमानसको भेला नगरे पनि ३० औं बार्षिकोत्सव पारिवारिक रुपमा मनायो ।

विगत तीन दशकदेखी निरन्तर रुपमा उच्च गुणस्तरिय औषधिहरु नेपाली जनतालाई उपलब्ध गराउने कार्यमा लागिपरेको औषधि उत्पादक कम्पनीले असल व्यावसायिक छविको बिकाश गर्दै नेपालमै अत्यावश्यक औषधिहरु उत्पादन सुरु गरेको ३० वर्ष पुगेको छ ।

बार्षिकोत्सवका अवसरमा देउराली जनताले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ— कम्पनीको स्थापना काल देखी नै देशमा बिभिन्न राजनीतिक आन्दोलन, परिवर्तन एबं बिभिन्न प्राकृतिक प्रकोपहरु लगायतका कठिन परिस्थितिहरु भोग्दै हाल संसारभर देखापरेको कोभिड –१९ को महामारीमा समेत हामी कत्तिपनि विचलित नभई मुलुकमा आईपरेका अनेकौ बिषम परिस्थितिहरु पार गर्दै तीन दशकको यात्रा तय गरेको छौं । ३०औं बार्षिकोत्सव कार्यक्रम, कोभिड – १९ को महामारीको कारणले गर्दा, भौतिक रुपमा उपस्थित भई आयोजना गर्न समेत असमर्थ भएकाछौं ।

देउराली जनता फर्मास्यूटीकल्स प्रा.लि.का कार्यकारी निर्देशक हरिभक्त शर्माले विज्ञप्ती जारी गर्दै भन्नुभएको छ—तीन दशकको अविरल यात्रामा हामीलाई सहयोग गरिरहनु भएका बिभिन्न सरकारी र स्थानिय निकायका पदाधिकारीहरु, चिकित्सक हरु, औषधि व्यावसायिहरु, पत्रकारहरु, कम्पनीका व्यावसायिक साझेदारहरु, स्वास्थ्यसंग सम्बन्धित बिभिन्न निकायका पदाधिकारीहरु र यस कम्पनीका सबै शुभेच्छुकहरु एबं यस कम्पनीमा कार्यरत आफ्नो व्यावसायिक जिम्मेवारी निर्बाह गर्दै, निरन्तर र अथक परिश्रमि वैज्ञानिक, प्राविधिक लगायत सबै तहका कर्मचारीहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ ।

देशमा बिभिन्न राजनैतिक एबं प्राकृतिक प्रकोपहरु लगायतका विषम परिस्थितिमा पनि यस कम्पनीले औषधि उत्पादनको क्षेत्रमा अन्र्तराष्ट्रिय प्रबिधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित गरी अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीता कायम गर्दै नेपालमा पहिलो आईएसओ ९००१ आईएसओ १४००१ का प्रमाणपत्रहरु प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफ्ना उत्पादनलाई अन्र्तराष्ट्रिय स्तरको बनाई डब्लुएचओ जीएमपीको अवधारणा अनुसार “कुशल उत्पादन अभ्यास” लाई लागु गर्ने पहिलो नेपाली कम्पनी भएकोमा समेत हामी देउराली–जनता परिबार गौरवान्वित भएका छौं । यस कम्पनीले बिभिन्न आर्थिक वर्षहरुमा नेपालमा औषधि उत्पादन गर्ने कम्पनीहरु मध्ये अधिकतम कर बुझाउने र उच्च सामाजिक उत्तरदायित्व वहनगर्ने कम्पनीको रुपमा समेत आफुलाई अग्रणी स्थानमा राख्न सक्षम भएको छ ।

यसका साथै नेपालमा औषधि आयातमा रहेको परनिर्भरतालाई कमगर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि अत्यावश्यक औषधिहरु स्वदेशमा नै उत्पादनगरि यस कम्पनिले सयौं औषधिहरु नेपालमा पहिलो पटक विकास गर्न सफल भै ईतिहास कोर्ने सौभाग्य हामीले प्राप्त गरेका छौं ।

यस कम्पनीले आफ्नो अत्याधुनिक प्रबिधिको प्रयोग गर्दैे अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, झोल, ओइन्टमेन्ट, पाउडर धुलो लगायतका ३ सय ३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र तीे उत्पादनहरुको गुणस्तरीयता निर्धारण गर्ने अत्याधुनिक प्रबिधि र उपकरण सहितको सुबिधा सम्पन्न भवन निर्माण गरेर अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीयता कायम गरि उत्पादन गरेका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेकोे छ ।

नेपालमा पहिलोपटक कोरोना संक्रमित बिरामीहरुको उपचारमा प्रभावकारी औषधि एफएभीटीआर—२०० ट्याब्लेट उत्पादन गरि कोभिड(१९ बिरामीहरुको उपचारमा समेत योगदान पु¥याउन सकेकोमा हामी गौरवान्वित छौं । फाभिर–२०० ट्याब्लेट हाल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद तथा यस कम्पनीको संयुक्त तत्वावधानमा माइल्ड एण्ड मोर्डरेट कोभिड १९ संक्रमण भएका बिरामीहरुलाई नेपालको इतिहासमै पहिलो पटक क्लिनिकल ट्रायल भै रहेको र फाबिर –२०० औषधि सेवन गरेका सम्पूर्ण सहभागी व्यक्तिहरु चांडै निको भै सकुसल रहेको एबं नकारात्मक असर नपरेको समेत रिपोर्ट प्राप्त भएकोमा हामी सम्पूर्ण देउरालियन परिवार गर्व महशुस गरिरहेका छौ । साथै, यस कम्पनीले उत्पादन गरेको उक्त औषधि फाबिर २०० ट्याबलेटलाई आपतकालिन प्रयोगको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था बिभागमा बजार बिक्री बितरणको लागि अनुमति समेत माग गरेका छौं ।

जीवन रक्षक औषधिहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दैे विश्वका बिभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहका करिब ५ सय जना कर्मचारीहरु यस कम्पनीमा अहोरात्र खटिरहनु भएको छ । कर्मशिल हातहरुको शिप र परिश्रमबाट सिन्चित यस कम्पनीको ३० औं बार्षिकोत्सवको बिशेष अबसरमा विगतको हाम्रा अनुभवहरुको उपयोग गर्दै आगामी दिनहरुमा पनि गुणात्मक स्तर अझै बृद्धि गरी औषधिको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउनमा योगदान गर्न हामी संकल्पित छौं ।

शान्त, सुन्दर एबं आर्थिक र औद्योगिक रुपले समृद्ध नेपाल हामी सबैको चाहना हो । हाम्रो परिकल्पना अनुसार को सभ्य, सालिन, समुन्नत नेपाल बनाउन श्रमको सम्मान गर्ने, स्वस्थ्य जीवन यापनको संस्कार विकास गर्ने, रोजगार र रोजगारदाताको समेत संबर्धन गर्दै लगानी प्रबर्धन गर्ने वातावरण सृजना गर्न अपरिहार्य रहेको यस ऐतिहासिक अवसरमा हाम्रो सानो प्रयत्नले हामी सबैमा असल औद्योगिक श्रम सम्बन्ध कायम गर्न यस ३०औ बार्षिकोत्सवले हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्