सार्वजनिक स्थलमा यौनक्रिया गर्ने दम्पतीलाई अभियोग !



वासिङटन, (एजेन्सी)

अमेरिकाको साउथ क्यारोलिना निवासी एक दम्पतीलाई २ सय फिट अग्लो फेर्रिस ह्विलमा बसेर यौन क्रियाकलाप गरेको अभियोग लगाइएको छ । तिनीहरूले आफूहरूको सो यौन क्रियाकलापको भिडियो बनाई एउटा पोर्न साइटमा अपलोड गरेको पनि प्रहरीले जनाएको छ ।

दुवै ३६ वर्ष उमेरका एरिक र लोरी हार्मोनलाई सार्वजनिक स्थलमा अश्लिल व्यवहार गरेको अभियोगमा अदालतमा मुद्दा चलाइएको छ । प्रहरीले सो अवैध भिडियोमा तिनीहरूले ऐतिहासिक ‘मिर्टल बिच स्काई ह्विल’को एउटा ग्लास च्याम्बरमा बसेर यौन कार्य गरेको भेटिएको जनाएको छ । स्काई ह्विल अमरिकाकै सबैभन्दा विशाल फेर्रिस ह्विल्समध्ये एक मानिन्छ ।

सम्पूर्ण उमेर समूहकाले रमाइलोका लागि प्रयोग गर्न सकिने स्काई ह्विलमा ४२ वटा ग्लासको झ्याल भएको च्याम्बर छन् । सो ह्विलका अपरेटरले तिनीहरूको सो अनावश्यक कामका कारण आफूलाई निकै दिक्क लागेको तथा भिडियो नहेरुन्जेल स्थानीय सरकारी अधिकारीहरूले घटनालाई नपत्याएको स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

यसअघि, पनि यस दम्पतीलाई एउटा सार्वजनिक स्विमिङ पुलमा आफूहरूको सेक्स भिडियो बनाएर पोर्न साइटमा पोस्ट गरेको अभियोगमा प्रहरीले गिरफतार गरिसकेको छ । त्यसैगरी, सन् २०२० मा दुईवटा भेन्डिङ मेसिनमा पिसाब फेरेको आरोपमा लोरी हार्मोन पक्राउ परेकी थिइन् । एकपटक उनले एउटा होटेलको एलेभेटरमा पनि पिसाब फेरेको बुझिएको छ । पछिल्लो अपराधका लागि तिनीहरूलाई जनही १८ हजार र १४ हजार डलर जमानतमा रिहा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्