सार्वजनिक स्थलमै यौनक्रियामा लिप्त भएपछि …



वासिंगटन, (एजेन्सी)

अमेरिकाको साउथ क्यारोलिना निवासी एक दम्पतिलाई २ सय फिट अग्लो फेर्रिस व्हिलमा बसेर यौन क्रिया गरेको अभियोग लगाइएको छ । तिनीहरुले आफुहरुको सो यौन क्रियाको भिडियो बनाई एउटा पोर्न साइटमा अपलोड गरेको पनि प्रहरीले जनाएको छ ।

दुवै ३६ वर्ष उमेरका एरिक र लोरी हार्मोनलाई सार्वजनिक स्थलमा अश्लिल व्यवहार गरेको अभियोगमा अदालतमा मुद्धा चलाइएको छ । प्रहरीले सो अवैध भिडियोमा तिनीहरुले ऐतिहासिक मिर्टल बिच स्काइ व्हिलको एउटा ग्लास च्याम्वरमा बसेर यौन कार्य गरेको भेटिएको जनाएको छ । स्काइ व्हिल अमरिकाकै सबैभन्दा विशाल फेर्रिस व्हिल्स मध्ये एक मानिन्छ ।

सम्पूर्ण उमेर समुहकाले रामाइलोका लागि प्रयोग गर्न सकिने स्काइ व्हिलमा ४२ वटा ग्लासको झ्याल भएको च्याम्वर छन् । सो व्हिलका अपरेटरले तिनीहरुको सो अनावश्यक कामको कारण आफुलाई निकै दिक्क लागेको तथा भिडियो नहेरुन्जेल स्थानिय सरकारी अधिकारीहरुले घटनालाई नपत्याएको स्थानिय संचार माध्यमलाई बताएका छन् ।

यस अघि पनि यस दम्पतीलाई एउटा सार्वजनिक स्विमिंग पुलमा आफुहरुको सेक्स भिडियो बनाएर पोर्न साइटमा पोस्ट गरेको अभियोगमा प्रहरीले गिरफतार गरिसकेको छ । त्यसैगरी सन् २०२० मा दुईवटा भेन्डिंग मेसिनमा पिसाब फेरेको आरोपमा लोरी हार्मोन पक्राउमा परेकी थिइन् । एक पटक उनल एउटा होटेलको एलेभेटरमा पनि पिसाब फेरेको बुझिएको छ । पछिल्लो अपराधका लागि तिनीहरुलाई जनही १८ र १४ हजार डलर जमानतमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्