थप २१३ जनामा कोरोेना संक्रमण, २९६ डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २१३ जनामा कोरोेना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा भने कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा मृतकको संख्या दुई हजार २० रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर तीन हजार २०३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्